Annual General Meeting 2026
वेलिङ्टन नेपाली समाज (The Nepalese Society of Wellington) को कार्यसमिति आर्थिक वर्ष २०२५/२६ को वार्षिक साधारण सभा (Annual General Meeting) मा उपस्थित हुनका लागि सम्पूर्ण सदस्यहरूलाई हार्दिक निमन्त्रणा गर्दछ ।
हाम्रो सामुदायिक संस्थाको विगत एक वर्षका गतिविधि तथा उपलब्धिहरूको समीक्षा गर्न, आर्थिक प्रतिवेदनमाथि विचार-विमर्श गर्न र संस्थाको आगामी दिशा तय गर्ने छलफलमा सहभागी हुनका लागि यो साधारण सभा एक महत्त्वपूर्ण अवसर हो । यहाँहरूको सहभागिता र सुझाव हाम्रा लागि निकै मूल्यवान रहने भएकाले सम्पूर्ण सदस्यहरूलाई उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
बैठकको विवरण:
मिति: आइतबार, २८ जुन २०२६ (Sunday, 28 June 2026)
समय: दिउँसो ४:०० बजेदेखि (4:00 pm onwards)
स्थान: जोन्सनभिल कम्युनिटी सेन्टर (Main Hall, Johnsonville Community Centre)
नोट: बैठकको समयमा चिया तथा हल्का खाजा (Light refreshment) को व्यवस्था गरिएको छ ।
यो साधारण सभा संस्थाको सुशासनको एक प्रमुख हिस्सा हो । यसले सदस्यहरूलाई संस्थाका गतिविधिबारे सुसूचित हुन, प्रश्न सोध्न, आफ्ना विचारहरू राख्न र TNSW को निरन्तर प्रगति एवं सफलतामा योगदान पुर्याउने अवसर प्रदान गर्दछ ।