Loading Events

« All Events

अनलाइन वक्तृत्वकला प्रतियोगिता २०२६

11 July @ 6:00 am - 12 July @ 7:00 pm

अनलाइन वक्तृत्वकला प्रतियोगिता २०२६

न्युजिल्याण्डभरिका ५ देखि १५ वर्ष उमेर समूहका नेपाली मूलका बालबालिका तथा युवाहरूलाई “अनलाइन वक्तृत्वकला प्रतियोगिता २०२६” मा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौँ।

गैर आवासिय नेपाली सङ्घ, न्युजिल्याण्ड (NRNA-NZ), द नेप्लिज सोसाइटी अफ वेलिङ्टन (TNSW), र नेपाली साहित्य समाज न्युजिल्याण्ड (NSS-NZ) को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको यस वक्तृत्वकला प्रतियोगिताको उद्देश्य बालबालिका तथा युवापुस्तामा नेपाली भाषा, साहित्य र संस्कृतिप्रति रुचि बढाउँदै यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु हो। यसले सहभागीहरूको वक्तृत्वकला, आत्मविश्वास, नेतृत्व तथा प्रस्तुतीकरण सीप विकास गर्दै सांस्कृतिक पहिचान र सामुदायिक सहभागितालाई सुदृढ बनाउन सहयोग पुर्‍याउँछ।

कार्यक्रम विवरण
📍 स्थान: Online (Zoom)
📝 दर्ता गर्ने अन्तिम मिति: ४ जुलाई २०२६
🎓 सहभागीहरूको अभिमुखीकरण: ५ जुलाई २०२६ (बेलुका ६:०० – ७:००)
🎤 प्रतियोगिता मिति: ११ – १२ जुलाई २०२६

हामी सबै योग्य बालबालिका तथा युवाहरूलाई यस रोमाञ्चक कार्यक्रममा सहभागी भई आफ्नो सृजनशीलता, आत्मविश्वास र संवाद क्षमता प्रस्तुत गर्न हार्दिक अनुरोध गर्दछौँ।

दर्ता गर्न तलको लिंकमा क्लिक गर्नुहोस्:
https://forms.gle/M6TupCp5yKtg54Du9

 

प्रतियोगिताको पूर्ण विवरणका लागि संलग्न दस्तावेज पढ्नुहोस्।

सहभागिताका लागि आह्वान

Details

  • Start: 11 July @ 6:00 am
  • End: 12 July @ 7:00 pm
  • Event Category:

Venue

  • Online (Zoom)

Organizers

  • The Nepalese Society of Wellington (TNSW)
  • Non-Resident Nepali Association New Zealand (NRNA NZ)
  • Nepali Sahitya Samaj New Zealand (NSS-NZ)